गएराति सर्लाहीको बरहथवा बजारमा एक व्यापारीले संचालन गरेको घुम्ती पसलमा आगलागी भएको छ ।

राति १० बजेपछि बरहथवा नगरपालिका ७ स्थित तरकारी बजारमा सोही ठाउँको बनटोल बस्ने ललनकुमार दासले संचालन गरेको घुम्ती पसलमा आगलागी भएको हो । आगलागीबाट पसलमा आंशिक क्षति पुुगेको र त्यसभित्र रहेका कपडा भने जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनायो ।

आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनायो ।