नेपाली सेनाले सर्लाहीको हरिवन नगरपालिका–११, बालुवाटारमा संचालन गरेको घुम्ती स्वास्थ्य शिविरबाट १०९ जना लाभान्वित भएका छन् ।

सर्लाही जिल्लामा बसोवास गर्ने बहालवाला, भूतपूर्व तथा उनिहरुमा आश्रीत परिवारका सदस्यलाई लक्षित गरी स्वास्थ्य शिविर सम्पन्न गरिएको हो । शिविरमा ५२ जना महिला र ५७ जना पुरुषको उपचार गरिएको भैरवीदल गण पाँचकुमारीका गणपति एवं प्रमुख सेनानी सूूर्यबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार शिविरमा उपचारका लागि आएका बिरामीलाई निःशुल्क औषधि वितरण गरिएको छ ।

सैनिक स्वास्थ्य महानिर्देशनालयको पहलमा फिल्ड अस्पताल बर्दिवास, भैरवीदल गण पाँचकुमारी, लालबन्दी नगर अस्पताल, अन्जली अस्पताल नवलपुर, नेपाल राष्ट्रिय भूतपूर्व सैनिक सङ्घ सर्लाहीको समन्वयमा घुम्ती स्वास्थ्य शिविर सम्पन्न गरिएको हो ।