मलंगवा नवलपुर सडक खण्डमा ट्याक्टर र मोटरसाइकल ठोकेर एक युवाको मृत्युु भएको छ । सर्लाही कविलासी नगरपालिका ७ गैर बस्ने सर्लाही हरिपुर नगरपालिका ३ फरहदवा चिरानमिल नजिक हरिपुरबाट गैर तर्फ बालुवालोड गरि आएको ज २ त ४५२ नम्बरको ट्याक्टर र सोही दिशा तर्फ जादै गरेको बिआर ०५एक्यु ८७५९ नम्बरको मोटरसाइकलले पछाडीबाट ठक्कर दिदा मोटरसाइकल चालकको मृत्युु भएको प्रहरीले जनाएको छ । कविलासी नगरपालिका ७ गैर बस्ने रामसुदिस रायका छोरा बर्ष अन्दाजी १९ का चन्दन यादवको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

सोमबार साझ करिव ६ बजे भएको दुर्घटनामा गम्भीर घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवामा लैजदा चिकित्सकले मृत घोषणा गरेका थिए । ईलाका प्रहरी कार्यालय हरिपुरबाट खटेको प्रहरी निरीक्षक रोमन राज अर्यालको कमान्डमा ७ जना प्रहरीटोलीले घटना स्थालबाट ट्याक्टर र मोटरसाइकल नियन्त्रणमा लिए पनि ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ । घटनावारे थप अनुसन्धान भैरहेको छ ।