सर्लाहीमा शीतलहर सुरु भएको छ । मध्य पुसमा आएर शीतलहर सुरु भएसँगै सर्वसाधारण प्रभावित हुन थालेका छन् । बिहानैदेखि पारिलो घाम लागेर दिनभरजसो न्यानो नै हुने तराई क्षेत्रमा आजबाट एक्कासी शीतलहर चल्न सुरु भएको हो ।

सर्लाहीमा आज बिहानबाट बाहिर निस्कँदा भिज्ने गरी शीत झरेको छ । शीतलहर र बाक्लो हुस्सुका कारण अत्यावश्यक काम परेर बाहिर निस्कनुुपर्ने मानिस प्रभावित भएका छन् ।

किसान तथा मजदुरलाई पनि शीतलहरले चिन्तित बनाएको छ । बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिट कम भएर सवारी दुर्घटनाको जोखिम हुने भएकाले यात्रु तथा सवारी चालकलाई यस्तो मौसममा विशेष ख्याल गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले अनुरोध गरेको छ ।