मधुवनी सडक अन्तर्गत सर्लाहीको बरहथवा नगरपालिका–९, मूर्तिया शान्ति चोकमा सोमबार राति उखु बोकेको ट्याक्टरसँग मोटरसाइकल ठोक्किँदा दुुई युवकको मृत्यु भएको छ ।

उखु बोकेर हरिवन चिनीमिलतर्फ आउँदै गरेको ज १ त ९८७६ नम्वरको ट्याक्टर र विपरीत दिशाबाट जाँदै गरेको ज ४ प ३७७ नम्वरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक बरहथवा नगरपालिका–५, राजुचोक बस्ने २५ वर्षीय हरिन्द्र महतो र मोटरसाइकल पछाडि सवार २२ वर्षीय पुरुषोत्तम दासको मृत्यु भएको हो । हरिन्द्रको एडभान्स सन्जिवनी अस्पताल बरहथवा र पुरुषोत्तमको बयोधा अस्पताल वीरगन्जमा मृत्यु भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ ।

प्रहरीले दुर्घटनामा संलग्न ट्याक्टर र त्यसका चालक बलरा नगरपालिका–७, बस्ने ३८ वर्षीय वीरेन्द्र महतोलाई नियन्त्रणमा लिएको छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।