सर्लाहीमा गाडीले किच्दा सशस्त्र प्रहरी निरीक्षकको मृत्यु भएको छ । यात्रुबहाक बस पल्टिँदा ड्युटीमा रहेका सशस्त्र प्रहरी निरीक्षक विजय कुमार तुलाधरको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ।गएराति पौने ९ बजे बलरा नगरपालिका–९ स्थित बीओपी छतौनामा अनियन्त्रित भएर वाग्मती प्रदेश०१–००६ख २००४ नम्बरको बस पल्टिँदा उक्त घटना भएको हो ।

उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याएका तुलाधरलाई चिकित्सकले मृत घोषणा गरेको थियो । बसका चालक र सहचालक जिल्ला प्रहरी कार्यालय सर्लाहीको नियन्त्रणमा रहेको सर्लाहीका प्रहरी नायव उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । घटनाको थप अनुशन्धान भैरहेको छ । सशत्र प्रहरी निरिक्षक स्थाई घर काठमान्डौ रहेको बुझिएको छ ।