बागमती सिचाई परियोजनाले नहरमा जथाभावी पानी छोडदा रौतहटका किसालहरुले लगाएको दलहन बाली नष्ट भएको छ ।
देवाही गोनाही नगरपालिका वडा नम्बर ६ स्थित कर्कचको नहरमा मंगलबार रातिदेखि आएका पानीका कारण लाखौं किसानले लगाएका बालीहरु नस्ट भएका छन् । नहर वरिपरि लगाइएका बालीहरुमा अत्यधिक पानी प्रवाह भएका कारण ती बालीहरु नष्ट भएको पीडित किसानहरु बताएका छन् । बागमती सिचाइ कार्यालय रौतहटका रवि शाहका अनुसार चकुदारका लापरवाहीका कारण कर्कचमा रातिदेखि नाहरमा पानी गएको बताएका छन् । यस्तै नाहर व्यवस्थापन समितिका अध्यक्ष तेजनारायण साहले बिहानदेखि पटक पटक फोन गरेर नहरमा पानी न दिन भन्दाभन्दै चकुदारले पानी दिएको आरोप लगाएका छन् । नहरमा आएको पानीले कर्कचका स्थानिय रामबलक साह, कामेश्वर साह, दरवेश साह, गम्भिरा साह, महेन्द्र बैंठा र पप्पु झा लगाएका किसानहरुले लगाएका गहुँ, मसुरी र मकै जस्ता बाली पानीले ठुलै क्षती गरेको हो । पिडित किसानहरुले बागमती सिचाई संग क्षतीपुर्तीको माग समेत गरेका छन् ।

 

रंधिर साह,रौतहट\संवदाता