सर्लाहीको कविलासी नगरपालिका,९ सलेमपुरमा पुस १८ गते घुरमा आगो ताप्ने क्रममा ८० वर्षीया राज कुमारी देवी गम्भीर घाइते भइन्। अनुहार, दुबै हात, र तिघ्रामा लागेको आगोका कारण उनलाई तत्काल प्रादेशिक अस्पताल मलंगवामा सामान्य उपचारपछि थप उपचारका लागि काठमाण्डौं मेडिकल कलेज लगिएको थियो। मृतककी छोरा रामदिनेश रायका अनुसार, ७ प्रतिशत जलेको अवस्थामा उपचार भइरहेको भए पनिमंगलवार बिहान काठमाण्डौं मेडिकल कलेजमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।