सर्लाहीका सशस्त्र प्रहरी प्रमुख (एसपी) परिवर्तन भएका छन् ।सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले ९० जना सशस्त्र प्रहरी उपरीक्षकको नियमित सरुवा गर्दा सशस्त्र प्रहरी बल नेपाल नं. १० गण हेडक्वाटर अगर्वा, कविलासीमा कार्यरत एसपी विनोदराज खनालको पनि सरुवा भएको हो । खनालको सर्लाहीबाट राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ काठमाडौंमा सरुवा भएको छ ।
सर्लाहीमा एपिएफ ईन्टेलिजेन्स ब्यूरो काठमाडौँबाट सशस्त्र प्रहरी उपरीक्षक देवबहादुर चन्द आउने भएका छन् ।