लालबन्दीस्थित जनज्योति बहुमुखी क्याम्पसमा आज एक दिने फुड फेस्टिबल कार्यक्रम सम्पन्न भएको छ ।

क्याम्पसको स्नातक तह चौंथो वर्ष (बिबिएस) का विद्यार्थीले क्याम्पसकै प्राङ्गणमा फुड फेस्टिबल सम्पन्न गरेका हुन् । विद्यार्थीले गत वर्ष पनि यस प्रकारको कार्यक्रम गरेका थिए । फुड फेस्टिबलमा विद्यार्थीले बनाएको सेलरोटी, मम, चाउमिन, पानीपुरीलगायतका परिकार विद्यार्थी र क्याम्पसका प्रध्यापकले चाखेका छन् ।

विद्यार्थीलाई स्वरोजगार बन्न र जुनसुकै व्यापार व्यवसाय गर्न पनि तत्पर रहन प्रेरित गर्ने उद्देश्यले क्याम्पस प्राङ्गणमा फुड फेस्टिबलको आयोजना गरिएको क्याम्पस प्रमुख वीरेन्द्र चौधरीले बताए ।