सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित रामनगर गाउँपालिकामा गएसाँझ आगलागी हुँदा एक दलित परिवारको घर जलेर नष्ट भएको छ ।

आगलागीबाट रामनगर गाउँपालिका–३, राम टोलका अनुप महराको कच्ची फुसको घर जलेर नष्ट भएको हो । विद्युत् सर्ट भएर महराको घरमा आगलागी भएको प्रहरी चौकी खैर्बा बहुअर्वाले जनाएको छ ।

आगलागीबाट घरसहित घरभित्रका कपडा, कागजात र अन्नपात पूर्णरुपमा नष्ट भएपछि मजदुरी गरेर जीविका धान्ने महराको परिवार बिचल्लीमा परेको स्थानीयले बताएका छन् ।
आगलागीमा परेर महरा परिवारले पालेको पाँचवटा बाख्रापाठा समेत मरेका छन् । गएसाँझ ७ बजेपछि भएको आगलागी गाउँले र प्रहरी भएर करिव आधा घण्टापछि नियन्त्रणमा लिएका थिए ।