नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को प्रथम महाधिवेशनमा खसेको मत गणना जारी छ।माघ २९ गते राति मतगणना सकिएको थियो। बुधबारदेखि मतगणना सुरू भए पनि अहिलेसम्म सकिएको छैन।पहिले केन्द्रीय सदस्यहरू र त्यसपछि पदाधिकारीका लागि खसेको मतगणना गरिएको हो।अध्यक्ष पदमा बाबुराम भट्टराई र नेत्र चापागाईंबीच प्रतिस्पर्धा भएको थियो भने महिला उपाध्यक्षसहित केही पदाधिकारी र केन्द्रीय सदस्य गरी २० जना निर्विरोध भएका थिए।

बाँकी ७० पदका लागि चुनाव भएको थियो।अध्यक्ष पदमा भट्टराई निकै अगाडि छन् भने चापागाईंले उनलाई पछ्याइरहेका छन्। (नयाँ शक्ति) का नेता कृष्ण शर्माका अनुसार महाधिवेशनमा १३२४ जना प्रतिनिधि थिए। महाधिवेशनमा जम्मा ८२६ मत खसेको थियो।त्यसमध्ये बिहीबार दिउँसोसम्म आधा मत गनिसकिएको छ। खसेको मतमध्ये ९५ प्रतिशत भट्टराईको पक्षमा छ।