सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिए कालीमाटीस्थित सडकमा एक पुरुषको शव फेला परेको सूचना प्रहरीमाझ शुक्रबार बिहानै फैलियो ।लगत्तै घटनास्थल पुगेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो । अनुसन्धानका क्रममा क्षतविक्षत अवस्थामा शव सडकमा फेला परेको थियो । तर, वरिपरि सवारीसाधन केही थिएन ।सवारीसाधनले ठक्कर दिएर भागेको आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा एक रोलरले ती व्यक्तिलाई किच्दै अघि बढेको देखिएको थियो ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले अनुसन्धान अघि बढाउने क्रममा मृत व्यक्ति ५५ वर्षीय सोनु गुरुङ रहेको पत्ता लगायो । थप अनुसन्धानको क्रममा सोनुलाई किचेर फरार भएका चालकलाई समेत पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

पक्राउ पर्नेमा मकवानपुर घर भई नागार्जुन नगरपालिका–१० स्युचारटार बस्ने उमेश स्याङ्तान छन् । पक्राउ परेका स्याङ्तानसँग सवारी चालक अनुमतिपत्र (लाइसेन्स) समेत नरहेको पाइएको एसपी आचार्यले बताए ।उनीमाथि थप अनुसन्धान र कारबाहीका लागि प्रहरी वृत्त कालीमाटी पठाइने प्रहरीले जनाएको छ ।