जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लागु औषधसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका वडा नं २९ का २० वर्षीय शंकर भन्ने संजोक गुरुङ छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डीएसपी हरिप्रसाद पौडेलका अनुसार आज बिहान करिब ६ः३० बजे वालिङ नगरपालिका वडा नं. ८ फूलबारीस्थित सिद्धार्थ राजमार्गबाट उनी पक्राउ परेका हुन् ।डीएसपी पौडेलका अनुसार बुटवलबाट पोखरा आउँदै गरेको ना५ख ६६२१ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनी पक्राउ परेका हुन् ।उनको साथबाट डाइजेपाम ४५ एम्पुल, नुर्फिन ४५ एम्पुल र फेनारागन ४५ एम्पुल गरी जम्मा एक ३५ एम्पुल लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ । उनलाई लागुऔषधसम्बन्धी मुद्दा दर्ताका लागि आजै अदालत पेश गरिने डीएसपी पौडेलले बताए ।