प्रहरीले भारतीय सीमा नाकाबाट भन्सार छलेर ल्याइएको २० केजी चाँदीसहित ४ जना कारोबारीलाई नियन्त्रणमा लिएको छ ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले चाँदीसहित मानिस नियन्त्रणमा लिएको हो ।भारतको रक्सौल नाकाबाट वीरगन्ज हुँदै उक्त चाँदी काठमाडौं, जडिबुटीको नरेफाटमा भण्डारण गरिएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यले बताए ।पक्राउ पर्नेमा बाराका सुनचाँदी व्यवसायी सन्तोष साह, उनकी पत्नीसहित ४ जना छन् ।साहको बारा सदरमुकाम कलैयामा सुन पसल छ । बुधवार उनीहरूले अपाची मोटरसाइकलबाट चाँदी ल्याएर नरेफाटमा राखेका थिए ।