सर्लाही सदरमुकाम मलङ्गवाबाट स्रोत नखुलेको रकमसहित दाजुभाई पक्राउ परेका छन् ।प्रहरीले गोडैता नगरपालिका–५, रामवनका ३८ वर्षीय मनोजकुमार गुप्ता र उनका भाई ३५ वषर््ािय भगवान गुप्तालाई स्रोत खुल्न खुुलाउन नसकेको रकमसहित पक्राउ गरेको हो । गुप्ता दाजुुभाईको साथबाट सात लाख २८ हजार ९०० रुपियाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।बीआर ३० एन २२३० नम्वरको मोटरसाइकलमा भारततर्फबाट आउँदै गरेका गुप्ता दाजुुभाईलाई मलङ्गवा नगरपालिका–८, स्थित गोरखकाली प्रहरी चौकी अगाडि नियमित चेकजाँच गर्दा नियन्त्रणमा लिइएको सर्लाहीका प्रहरी उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । सिंहका अनुसार गुप्ता दाजुुभाईलाई आज सर्लाही जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले थप अनुुसन्धान अघि बढाएको छ ।एसपी सिंहले गुप्ताका दाजुुभाईको साथबाट विभिन्न बैङ्कका १७ वटा एटिएम कार्ड फेला परेको बताएका छन् । बरामद भएको रकम हुण्डी कारोवारमा प्रयोग भएको हुनसक्ने प्रहरीको आशङ्का गरिएको छ ।