मानवसेवा आश्रमको अधुरो भवनको निर्माण कार्य पूरा गराउन सहयोग जुटाउने उद्देश्यले सर्लाहीको हरिवनमा आजबाट महायज्ञ सुरु गरिँदै छ ।हरिवन नगरपालिका ९ दनुुवारीमा १ करोड रुपैयाँ खर्चिएर अधुरो काम भएको महायज्ञको भवन निर्माण सक्न आवश्यक पर्ने थप रकम जुटाउन आजबाट श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ लगाउन लागिएको हो । सडक आश्रीत मानवलाई आश्रय दिएर राख्ने भवनको निर्माण कार्य सक्न अझ ११ करोडजति आवश्यक रहेको मानवसेवा आश्रमले जनाएको छ ।आजदेखि फागुन २९ गतेसम्म लाग्ने महायज्ञमा सो रकम संकलन हुने अपेक्षा रहेको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले उज्यालो अभियानसँग बताए । महायज्ञमा प्रमुख कथावाचक भागवत भाष्कर कमलनयन गौतम रहनुुभएको छ ।महायज्ञमा हरेक दिन बिहान योग शिविर तथा विद्यार्थीलाई उत्पे्ररणात्मक कार्यक्रम गर्ने तयारी गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष अधिकारीले जानकारी दिए । महायज्ञको आज मध्यान्ह शोभा कलशयात्रा निकालेर उद्घाटन गर्ने तयारी छ ।महायज्ञमा सरिक हुन ईन्द्रेणीका सन्चालक कृष्ण कँडेलसहित अन्य कालाकार र वरिष्ठ पत्रकार समेत हरिवन आइपुुगेका छन् ।