सर्लाहीको हरिवन ११ स्थित सुर्ति विकास खेल मैदानमा आयोजित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा आजबाट बिहानी योग अभ्यास पनि सुरु गरिएको छ ।महायज्ञस्थलमा आज बिहानदेखि योगगुरुबाट योग अभ्यास सुरु गरिएको मानवसेवा आश्रमले जनाएको छ ।आयोजकले निःशुल्क हुने योग अभ्यासमा सरिक हुन अपिल गरेको छ ।