लालबन्दीमा शुक्रबारदेखि सुरु भएको दोस्रो लालबन्दी महोत्सवमा आजबाट कलाकारले प्रस्तुति दिन सुरु गर्दै छन् ।महत्वको प्रमुख आकर्षणका रुपमा आजबाट कलाकारले प्रस्तुति दिन सुरु गर्ने भएका हुन् ।महोत्सवमा आज चर्चित लोकदोहोरी कलाकार नवराज घोरासैनीसहित अनु चौधरी, कर्णराज गिरी, राजन खैराते, प्रमिला आले, अनित विष्टलगायतका गायकको प्रस्तुति रहने आयोजकले जनाएको छ ।आर्थिक समुद्धि र स्वरोजगारको आधार-कृषि, पर्यटन, उद्योग र व्यापार भन्ने मूल नारासहित हिजोदेखि लालबन्दी ९ स्थित भूदेव खाद्य उद्योग (गोल्छा) पसिरसरमा महोत्सव सुरु भएको हो ।