सर्लाहीको बागमती नगरपालिका–११, मा रहेको कर्मैया खानेपानी तथा सरसफाई उपभोक्ता समितिको १७ औँ वार्षिक साधारण सभा हिजो सम्पन्न भएको छ ।संस्थाका अध्यक्ष हरेराम काफ्लेको अध्यक्षता तथा प्रदेशसभा सदस्य जवाहारलाल कुशवाहाको प्रमुख आतिथ्यतामा संस्थाकै कार्यालय परिसरमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा संस्थाको वार्षिक आम्दानी तथा खर्च र कार्य प्रगति प्रस्तुति गरी पारित समेत गरिएको उपभोक्ता समितिले छ ।कार्यक्रममा बागमती नगरपालिकाका प्रमुख (निलम्बित) भरतकुमार थापा, बृहत खानेपानी योजना ढुंगे्रखोलाका अध्यक्ष वसन्त भट्टराई, माओवादी केन्द्रकी नेतृ बिनिता दाहाल, हरिहर क्षेत्र सामुदायिक वनका अध्यक्ष भिमशेन थापा, पशुपति सामुदायिक वनको अध्यक्ष बद्री खड्कालगायतको आतिथ्यता रहेको थियो ।