लालबन्दी ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित दोस्रो लालबन्दी महोत्सवमा आज चर्चित टिकटक स्टार प्रिती पासवानसहितका कलाकारले प्रस्तुति दिने भएका छन् ।आयोजकका अनुसार महोत्सवमा आज दर्शक आकर्षित गर्ने क्षमता भएको टिकटक स्टार पासवानसहित गायक कमल खत्री, गायिका सिर्जना खत्री (उर्फ हाउडेमाया) लगायतले प्रस्तुति दिन लागेका हुन् ।फागुन २३ गतेदेखि जारी लालबन्दी महोत्सव आगामी चैत ४ गतेसम्म संचालन हुने छ ।