दोस्रो लालबन्दी महोत्सवमा दैनिक राष्ट्रिय कलाकार आएर आ–आफ्नो प्रस्तुति दिइरहेका छन् ।

लालबन्दी ९ बस्तीपुरस्थित भूदेव खाद्य उद्योग (गोल्छा) परिसरमा आयोजित महोत्सवमा आज अहिलेका चर्चित गायक दुुर्गेश थापाले आफ्नो प्रस्तुति दिने आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको हो । आज साँझ थापासँगै टीका प्रसाई, सपना रोका, विश्वराम कार्कीलगायतको प्रस्तुति रहने बताइएको छ ।

महोत्सवमा हिजो चर्चित टिकटक स्टार प्रिती पासवानसहितका कलाकारले प्रस्तुति दिएका छन् । आयोजकका अनुसार महोत्सवमा पासवानसहित गायक कमल खत्री, गायिका सिर्जना खत्री (उर्फ हाउडेमाया) लगायतले प्रस्तुति दिएर फर्किएका छन् ।

फागुन २३ गतेदेखि जारी लालबन्दी महोत्सव आगामी चैत ४ गतेसम्म संचालन हुने छ ।