सर्लाही जिल्लाको हरिपुर्वा नगरपालिका–२ स्थित हरिपुर्वाबाट सग्रामपुरतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना हुँदा गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ।

BR 30 K 1047 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउमा रहेको पिलरमा ठोक्किँदा सग्रामपुर निवासी २२ वर्षीय कमराज अंसारी गम्भीर घाइते भएका थिए। टाउको तथा शरीरका विभिन्न भागमा गम्भीर चोट लागेका उनलाई उपचारका लागि महोत्तरीको जानकी अस्पताल पठाइएको थियो।

तर, उपचारका क्रममा २०८१ साल चैत ३ गते साँझ ४:४५ बजे अंसारीको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी चौकी हरिपुर्वाबाट टोली खटिएको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।