जेन–जी आन्दोलनमा शहीद भएकाप्रति श्रद्धाञ्जली अर्पण तथा दिप प्रज्वलन कार्यक्रम सर्लाहीको मलंगवा स्थित शहीद चोकमा सम्पन्न भएको छ।

पतनञ्जली योग समिति, मलंगवाको आयोजनामा भएको कार्यक्रममा शहीद आत्माको चिर शान्तिको कामना गर्दै सहभागीहरूले दिप प्रज्वलन गरी श्रद्धाञ्जली अर्पण गरेका थिए।

कार्यक्रममा स्थानीय नागरिक समाजका प्रतिनिधि, मानव अधिकारकर्मी, विभिन्न संघ–संस्थाका पदाधिकारी तथा युवाहरूको उल्लेख्य सहभागिता रहेको आयोजकहरूले जनाएका छन्।