छठ पर्वको अवसरमा नयाँ ब्रतिया गीत “कसरी गरौं छठा ब्रतिया, पिया बसे परदेश” सार्वजनिक भएको छ।

गीतमा सार्वजनिक गायिका अञ्जली पटेल र सुधाकर झा रहेका छन् भने गीतकार आनन्द गुप्त अस्तित्व हुन्। संगीत संयोजन रेडियो नेपालका बरिष्ठ संगीतकार भूपेन्द्र रायमाझी ले गरेका छन्।

अडियो रेकर्डिस्ट प्रकाश श्रेष्ठ, भिडियो कलाकार म्याडी र पूजा सिंह, तथा भिडियो निर्माता सुधा रौनियार रहेका छन्। यसमा विशेष सहयोग साद्दाम हुसैनले प्रदान गरेका छन्।

गीतले देश–विदेशका छठीहरूले आफ्नो भावनालाई अझ नजिकबाट अनुभव गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।