ईश्वरपुर नगरपालिकामा नगरभित्रका बालविकास शिक्षकलाई साइकल वितरण गरेको छ ।

लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर आज नगरभित्रका सामुदायिक विद्यालयमा अध्यापन गराउने ३८ जना बालविकास शिक्षकलाई साइकल वितरण गरिएको नगरपािलकाको महिला तथा बालबालिका शाखाकी प्रमुख गायत्री चौधरीले जानकारी दिईन् । बयलवासस्थित नगरपालिका कार्यालय परिसरमा नगरप्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रञ्जितादेवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत डा. पङ्कजकुमार साहलगायत भएर बालविकास शिक्षकलाई साइकल वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयमा शिक्षाको स्तर सुधार गर्न योगदान गरिरहेको र सबैभन्दा तलको कक्षा बालविकासका बालबालिकालाई मेहनतका साथ अध्यापन गराउँदै आएकाले बालविकास शिक्षकको प्रोत्साहनका लागि सम्मान गरिएको नगरपालिका कार्यालयले जनायो ।

ग्रामीण नारी उत्थान संघकी फिल्ड सुपरभाइजर विन्दा लुंगेलीले बयलवास बजारमा र्याली निकालेर नगरपालिका परिसरमा औपचारिक कार्यक्रम गरी साइकल वितरण गरिएको बताईन् ।