मानसिक स्वास्थ्य तथा समुदायको समृद्धिका लागि दुई दिने धार्मिक अगुवा सशक्तिकरण तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रम लालबन्दी स्थित युनाइटेड होटलमा आयोजना गरिएको थियो।

तालिम प्रशिक्षक गुन्जा कुमारी साह र पास्टर दीपक श्रेष्ठले सञ्चालन गरेका थिए। इईश्वरपुर, हरिपुर, हरिपुर्वा नगरपालिका र चन्द्रनगर गाउँपालिका धार्मिक अगुवा, युवा र समुदायका प्रतिनिधिहरू सहभागी भएका थिए।

निरन नेपाल, मधेश प्रदेशका अधिकृत आशिष चौधरीका अनुसार तालिमपछि धार्मिक अगुवाहरूले मानसिक स्वास्थ्यसम्बन्धी जानकारीलाई व्यवस्थित रूपमा सम्बन्धित कार्यालयसँग समन्वय गरी सहयोग गर्न सक्षम भएका छन्। धर्मगुरुहरूले समुदायमा मानसिक स्वास्थ्य समस्याग्रस्त व्यक्तिहरूको पहिचान र परामर्शमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए।

कार्यक्रम निरन नेपालको आयोजना तथा वर्ल्ड भिजनको सहयोगमा सम्पन्न भएको थियो। यसमा विभिन्न पालिकाका हिन्दु, इस्लाम, इसाई, कबिर धर्मका अगुवा, अपाङ्गता भएका व्यक्ति, युवा र संचारकर्मीहरूको उपस्थिति रहेको थियो।