डेंगी, जापानिज इन्सेफ्लाइटिस र मलेरियासहितका कीटजन्य रोग नियन्त्रणका उद्देश्यले मलङ्गवा नगरपालिकाले ‘लार्भा नष्ट अभियान’ सुरु गरेको छ। वडा नं. ८ बाट सुरु गरिएको अभियानमा प्रमुख प्रशासकीय अधिकृत होम प्रसाद घिमिरे,स्वास्थ्य कार्यालय सलाृहीका मनोज झा ,स्वास्थ्य शाखा प्रमुख बिष्णुकान्त साह, सलिम मिकरानी, चन्दकिशोर साह लगायतको सहभागिता रहेको थियो। अभियानलाई १२ वटै वडामा विस्तार गरी मच्छरका लार्भा नष्ट गरिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिए।