चन्द्रनगर गाउँपालिका सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको नेतृत्वमा शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीका निमित्त इकाइ प्रमुख रामवृक्ष महतोको उपस्थितिमा गृह जिल्लामा शाखा अधिकृत पदमा सरुवा भई आउनु भएका सुनिलकुमार कुश्वाहलाई भव्य रूपमा स्वागत तथा बधाई प्रदान गरिएको छ।

शुक्रवार आयोजित कार्यक्रममा चन्द्रनगरका प्रधानाध्यापकहरूले कुश्वाहलाई कार्यकालको पूर्ण सफलता, उज्ज्वल भविष्य र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका थिए।

यस अवसरमा नेपाल शिक्षक महासङ्घ चन्द्रनगरका अध्यक्ष सरोज सिंहले जानकारी प्रदान गरेका थिए।