मलंगवा नगरपालिका सामी कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय आप्रवासी दिवसको अवसरमा विभिन्न सचेतनामूलक कार्यक्रम गरी दिवस मनाइएको छ।
मलंगवा नगरपालिकाको आयोजनामा बिहान आयोजित प्रभातफेरी कार्यक्रम आप्रवासी सामी परियोजनाका अध्यक्ष दिनेश कुमार यादव तथा मलंगवा नगरपालिका प्रमुख नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, अधिकृत रामपुकार यादव, मलंगवा नगरपालिका–१ का वडा अध्यक्ष नवल किशोर यादव, वडा नं. ८ का वडा अध्यक्ष मुकेश कुमार जयसवाल, वडा अध्यक्ष प्रमोद राय, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरी, मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेश कुमार मिश्र, महिला शान्ति सेवा केन्द्रकी सङ्गिता कुमारी परियार, रामसोमारी साह, क्लस्टर अफिसर रिना साहलगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

यसै अवसरमा साझ मलंगवा नगरपालिका कार्यालय परिसरमा दीप प्रज्वलन कार्यक्रम गरिने आयोजक मलंगवा नगरपालिकाले जनाएको छ।