मलंगवा नगरपालिकाको आयोजनामा तथा प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीको सहयोगमा मलंगवा नगरपालिका वडा नं. ०६ खुटौनामा आज रेबिज भ्याक्सिनको प्रि–एक्सपोजर डोज निःशुल्क रूपमा ९० जनालाई लगाइएको छ।

कार्यक्रम जनस्वास्थ्य सुरक्षालाई लक्षित गरी सञ्चालन गरिएको हो। रेबिजजस्तो प्राणघातक रोगबाट बच्न समयमै खोप अत्यन्त आवश्यक रहेको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

मलंगवा नगरपालिका–६, खुटौनामा आयोजित निःशुल्क रेबिज खोप कार्यक्रममा वडा अध्यक्ष राम कैलाश राय, स्वास्थ्य शाखा प्रमुख विष्णु कान्त साह, जनस्वास्थ्य निरीक्षक धिरेन्द्र यादव, निमित्त प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी तथा स्थानीय कर्मचारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रम सफल बनाउन महत्वपूर्ण सहयोग पुर्‍याएकोमा प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीप्रति आयोजक पक्षले हार्दिक धन्यवाद व्यक्त गरेको छ।