राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्र (RRPK) र वर्ल्ड भिजन इन्टरनेसनल नेपाल (WVI Nepal) को आर्थिक सहयोग तथा हरिपुर्वा नगरपालिकाको समन्वयमा ‘बाल समृद्धि र एकीकृत विकासका लागि हातेमालो’ परियोजना अन्तर्गत हरिपुर्वा नगरपालिकाका सम्पूर्ण वडाहरूमा स्वास्थ्य संस्थाको समन्वयमा ६७ वटा स्वास्थ्य आमा समूह बैठकहरू सञ्चालन गरिएको छ।

उक्त कार्यक्रम हरिपुर्वा नगरपालिकाका सबै वडाहरूमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका (FCHVs) तथा स्वास्थ्य फिल्ड कर्मचारीहरूद्वारा सञ्चालन गरिएको हो। बैठकमार्फत स्वास्थ्य आमा समूहका सदस्यहरूलाई मातृ तथा शिशु स्वास्थ्य, पोषण, बाल संरक्षण, सरसफाइ तथा सकारात्मक पालनपोषणसम्बन्धी विषयहरूमा सहजीकरण तथा अभिमुखीकरण प्रदान गरिएको छ।

FCHVs तथा परियोजनामा कार्यरत फिल्ड कर्मचारीहरूले बैठकमा सहभागीहरूको उपस्थिति अभिलेखीकरण (recording), विवरण संकलन तथा प्रतिवेदन (reporting) नियमित रूपमा गर्दै आएका छन्।

कार्यक्रमको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न हरिपुर्वा नगरपालिकाका स्वास्थ्य संयोजक, जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीहरूद्वारा निरन्तर अनुगमनसमेत गरिएको जानकारी राष्ट्रिय रोजगार प्रवर्द्धन केन्द्रका Nurturing Care Group Officer ले दिनुभएको छ।

यस कार्यक्रमले समुदायस्तरमा बालबालिकाको समग्र विकास प्रवर्द्धन गर्नुका साथै आमाहरूको स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्न र स्थानीय तहसँगको सहकार्यलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ।