सर्लाहीको हरिपुरवा नगरपालिकामा आयोजना भइरहेको महायज्ञका लागि हिन्दू सम्राट सेना नेपालका केन्द्रीय उपाध्यक्ष कृष्ण यादवले संकलित चामल तथा नगद दान गर्नुभएको छ।

चुनावी अभियानका क्रममा सर्लाही क्षेत्र नं. २ अन्तर्गत पर्ने हरिपुरवा नगरपालिकामा यादवले घर–घर पुगेर प्रत्येक हिन्दू परिवारबाट एक मुट्ठी चामल र पाँच रुपैयाँका दरले धर्मकार्यका लागि सहयोग संकलन गर्नुभएको थियो।

संकलन गरिएको सम्पूर्ण चामल र रकम आज हरिपुरवामै सञ्चालन भइरहेको डेढ वर्षे महायज्ञमा विधिवत रूपमा दान गरिएको जनाइएको छ।

उक्त अभियान सनातन धर्मप्रति आस्था अभिवृद्धि र धार्मिक सेवाभावलाई मजबुत बनाउने उद्देश्यले सञ्चालन गरिएको बताइएको छ।