शिक्षा विकास तथा समन्वय इकाई सर्लाहीले सर्लाही जिल्लामा एसईई–२०८२ का लागि परीक्षा केन्द्र सार्वजनिक गरेको छ। जिल्लाभर निर्धारण गरिएका २८ वटा परीक्षा केन्द्रमार्फत यस वर्ष १६३ विद्यालयका जम्मा ११,३५७ विद्यार्थी परीक्षा दिने भएका छन्।

जिल्लामा १६३ विद्यालय एसईई परीक्षामा सहभागी हुने भएका छन्। तीमध्ये ११३ सामुदायिक विद्यालय५० संस्थागत विद्यालयरहेका छन्।

यस वर्ष एसईई परीक्षामा जम्मा ११,३५७ विद्यार्थी सहभागी हुनेछन्, जसमा ५,७०४ छात्रा५,६५३ छात्र रहेका छन्।

त्यसैगरी, जिल्लामा ११ प्राविधिक विद्यालय सञ्चालनमा रहेका छन्, जहाँ ३४७ विद्यार्थी अध्ययनरत छन्। साथै १ खुला विद्यालय१ अनौपचारिक विद्यालय समेत सञ्चालनमा रहेको शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीका शाखा अधिकृत एवम् सूचना अधिकारी सुनिल कुमार कुशवाहा जानकारी दिनुभयो।

निमित्त इकाई प्रमुख रामवृक्ष महतोका अनुसार जिल्ला परीक्षा समन्वय समितिको निर्णयअनुसार सर्लाही जिल्लाभित्र सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (SEE) का लागि जिल्लाभर २८ वटा परीक्षा केन्द्र निर्धारण गरी सार्वजनिक गरिएको छ।

इकाईले सम्बन्धित सबै विद्यालयलाई आवश्यक जानकारी लिई परीक्षा सञ्चालनका लागि आवश्यक तयारी कार्य यथाशीघ्र सम्पन्न गर्न आग्रह गरेको छ।