नवनियुक्त गृहमन्त्री सुधन गुरुंगको नयाँ टार्गेटको रुपमा नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादल र जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई पक्राउ गर्ने आन्तरिक तयारी गरेको बुझिएको छ ।

भुटानी शरणार्थी काण्डमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष रामबहादुर थापा बादल र रौतहटमा १८ बर्षअघि तत्कालीन नेकपा माओवादीसंग भिड्दा २७ जना मारिनुका साथै ५३ जना घाइते बनाइएको गौर प्रकरणमा जसपाका अध्यक्ष यादवलाई पक्राउ गर्ने स्रोतको दाबी छ ।

गौरीबहादुर कार्की आयोगको छानबिन प्रतिवेदनका आधारमा शनिबार बिहान एमाले र कांग्रेसका दुई शीर्षनेता समातेर हौसिएको बालेन नेतृत्वको सरकारले भुटानी काण्ड र गौर हत्याकाण्डलाई प्राथमिकतामा राखेर कारबाही अघि बढाउन लागेको छ । यसका लागि गृहमन्त्री सुधन गुरुंगले शनिबार बिदाको दिनसमेत मन्त्रालयमा फाइल मगाइ अध्ययनसमेत गरेका छन् ।