सर्लाहीको मलंगवास्थित प्रादेशिक अस्पतालमा “अस्पताल फार्मेसी शाखा” को औपचारिक उद्घाटन गरिएको छ। मधेश प्रदेश सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री जंगीलाल रायद्वारा उद्घाटन गरिएको उक्त सेवा आजदेखि सञ्चालनमा आएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष दीपेन्द्र कुमार यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अस्पतालका मेसु डा. राम प्रकाश साहलगायत कार्यरत कर्मचारी तथा विशेषज्ञ डाक्टरहरूको उपस्थिति रहेको थियो।

नयाँ फार्मेसी सेवाले स्थानीय नागरिकलाई सहज, सुलभ तथा गुणस्तरीय औषधि सेवा उपलब्ध गराउने विश्वास लिइएको छ।