माध्यमिक शिक्षा परीक्षा–२०८२ अन्तर्गत आज चैत २१ गते गणित विषयको परीक्षा सर्लाहीमा शान्त र मर्यादित रूपमा सम्पन्न भएको छ। परीक्षामा सहभागी हुन फारम भरेका ११,३७१ जना विद्यार्थीमध्ये १०,७८१ जना उपस्थित भएका छन् भने ५९० जना अनुपस्थित रहेका छन्।

उपस्थितमध्ये छात्रा ५,३८९ र छात्र ५,३९२ रहेका छन् भने अनुपस्थितमा छात्रा ३४८ र छात्र २४२ रहेका छन्। नियमिततर्फ १०,२८५ र ग्रेडबृद्धितर्फ १,०८६ विद्यार्थी सहभागी हुन दर्ता भएका थिए।
 सर्लाहीका शाखा अधिकृत तथा सूचना अधिकारी सुनिल कुमार कुसवाहाले दिएको जानकारीअनुसार समग्र परीक्षा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यद्यपि, नियम उल्लङ्घनका कारण ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ।

चैत १९ गतेदेखि सञ्चालनमा आएको परीक्षा अन्तर्गत भोलि सोमबार अनिवार्य विज्ञान विषयको परीक्षा हुने तालिका रहेको छ।