जिल्ला प्रहरी कार्यालय मलंगवा, सर्लाहीले भन्सार छली गरी ल्याइएका लत्ताकपडा तथा किराना सामानसहित ६ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार विभिन्न मिति र स्थानमा खटिएको टोलीले करिब ३ लाख ८४ हजार ५१५ रुपैयाँ बराबरका सामान बरामद गरेको हो। सो क्रममा सर्लाही बलरा नगरपालिका–३ निवासी १९ वर्षीय प्रवीण कुमार रायलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।

बरामद मोटरसाइकल (BR30D 9883, BR06BJ 2669, BR06CZ 7852, BR30V 0373, BR30AK 1207 र BR05AA 0547) र सामान आवश्यक कारबाहीका लागि सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जनाएको छ।