मदन भण्डारी फाउन्डेसनको आयोजनामा ३३ औँ मदन आश्रित दिवस हरिवन नगरपालिका–८ स्थित वनबाटिकामा मदन भण्डारी र जीवराज आश्रितको सालिक तथा तस्वीरमा माल्यार्पण गरी मनाइएको छ।

आज कार्यक्रमको अवसरमा वडा अध्यक्ष प्रज्वल ढुंगानाको सक्रियतामा १० जना बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिनुका साथै स्थानीय युवा अभिषेक बलम्पाकीको संयोजनमा कार्यक्रम स्थल सरसफाइ गरिएको आयोजकले जनाएको छ।

मदन भण्डारी फाउन्डेसनका अध्यक्ष चुडामणी वाग्लेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा हरिवन–८ वडा कमिटीका संयोजक हेमसागर सुवेदीले सञ्चालन गर्नुभएको थियो भने नेकपा एमालेका नेता केशव ढकालले सहभागीहरूको तर्फबाट मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका नेता, विद्यार्थी तथा स्थानीयबासीको सहभागिता रहेको थियो।

उक्त अवसरमा मदन भण्डारी फाउन्डेसन हरिवन नगर कमिटीको संयोजकमा नागेन्द्र घिमिरे (कमल)लाई घोषणा गर्दै पदस्थापनसमेत गरिएको थियो।