सर्लाहीको बलरा नगरपालिका–१ हथियौलमा खेतमा पानी पटाउने क्रममा करेन्ट लागेर एक भारतीय नागरिकको मृत्यु भएको छ।

मृत्यु हुनेमा भारतको बिहार राज्य, सितामढी जिल्ला श्रीनगर निवासी करिब ५० वर्षीय अरबिन्द कुमार सिंह रहेका छन्। उनी सुरेन्द्र प्रसाद सिंहको बटैयामा खेत कमाउँदै आएका थिए। मिति २०८३ असार ३० गते राति खेतमा पानी पटाउने क्रममा करेन्ट लाग्दा घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि परिवारका सदस्यले शव घरमा लगेका थिए। आज बिहान खबर प्राप्त भएपछि प्रहरी चौकी छन्कीटोलाबाट प्रहरी सहायक निरीक्षक नागेन्द्र बैठाको नेतृत्वमा तथा इलाका प्रहरी कार्यालय गडहियाबाट प्रहरी निरीक्षक कैलाश चौधरीको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेर मुचुल्का तयार गरेको थियो। त्यसपछि पोस्टमार्टमका लागि शव प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ।