सर्लाही — मानव अधिकार रक्षक सञ्जाल सर्लाहीको आयोजनामा बाढी तथा विपद् प्रभावित परिवारका लागि घरदैलो राहत संकलन अभियान सञ्चालन भइरहेको छ।

सञ्जालले नगद रकम संकलन नगरी प्रभावित परिवारलाई आवश्यक पर्ने अत्यावश्यक सामग्री मात्र संकलन गरिरहेको जनाएको छ। अभियानअन्तर्गत पानी, सेनिटरी प्याड, लत्ताकपडा, टावेल, ब्रस–पेस्ट, चप्पल, औषधि, जीवनजल, टर्चलाइट, बिस्कुट, चाउचाउ, आलु, प्याजलगायतका सामग्री संकलन भइरहेको छ।

मानव अधिकार रक्षक सञ्जाल सर्लाहीका अध्यक्ष मुकेशकुमार मिश्रका अनुसार दुई दिनभित्र संकलन भएका राहत सामग्री सम्बन्धित निकायसँग समन्वय गरी प्रभावित क्षेत्रमा पठाइनेछ। संकलित सामग्री वास्तविक प्रभावित परिवारसम्म पुर्‍याउने व्यवस्था मिलाइने उहाँले बताउनुभयो।
बाढीपीडितका लागि सर्लाहीमा घरदैलो राहत संकलन अभियान

राहत सामग्री संकलन कार्यक्रममा महिला अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झा लगायतको सहभागिता रहेको छ।

प्रशासन कार्यालयको निर्देशनअनुसार राहत सामग्री संकलन कार्य हिजो र आजसम्म सञ्चालन गरिएको छ।

राहत सामग्री संकलन कार्यक्रममा महिला अधिकार रक्षक सञ्जाल सर्लाहीकी अध्यक्ष रम्भा झा,ओरेक सर्लाहीका प्रतिनिधि लगायतको सहभागिता रहेको छ।

प्रशासन कार्यालयको निर्देशनअनुसार राहत सामग्री संकलन कार्य भदौ १७ गतेसम्म सञ्चालन गरिने सञ्जालले जनाएको छ।