त्रिशूली नदीले कृष्णभिरमा सडक कटान गरेसँग राजमार्ग अवरुद्ध भएपछि ग्यास सिलिन्डर ढुवानी सहज बनाउनेबारे छलफल अघि बढाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, मकवानपुरमा अहिले ट्रकमार्फत ग्यास सिलिन्डर ढुवानीबारे छलफल भइरहेको छ ।

छलफलामा मकवानपुरका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका एसपी, सडक डिभिजन, नारायणी ट्रक व्यवसायी समितिका पदाधिकारी, एलपीजी व्यवसायी सहित सहभागी छन् ।

बैठकमा ट्रकमार्फत ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको छ ।