गत १० भदौमा भोटेकोशी नदीमा आएको बाढीका कारण त्रिशूली ३ ुए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेका दुई जनालाई आज बिहान जीवितै उद्धार गरिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र विदेशी उद्धारकर्ता टोलीले उनीहरुलाई उद्धार गरेका हुन् ।

यसरी जीवित उद्धार गरिएकाहरूमा सप्तरीका सञ्जय शाह र काठमाडौंका कविर महर्जन छन् ।

कुलेखानीबाट गएका थिए कविर

काठमाडौं कीर्तिपुरका महर्जन कुलेखानी जलविद्युत् आयोजनाबाट माथिल्लो त्रिशूली ३ ुएु को नियमित मर्मतसम्भारका लागि पुगेका थिए । उनी हाइड्रो पावर अटोमेसन प्रोजेक्टअन्तर्गत मेकानिकल सुपरभाइजरमा कार्यरत छन् ।

बाढी आएको दिन १० भदौ बिहान साढे ७ मा उनीसँग श्रीमती हिराशोभाको सम्पर्क भएको थियो । श्रीमान्‌ले दोस्रो जीवन पाएको भन्दै उनले उद्धारमा खटिएको टोलीलाई धन्यवाद भनेकी छन् ।

कविरका भाइ अमिरका अनुसार उनी नेपाल विद्युत् प्राधिकरणमा १५ वर्षभन्दा बढी समयदेखि कार्यरत छन् । त्रिशूली ३ ुएु मा मर्मतका लागि मंगलबार बिहान घरबाट निस्किएको अमिरले कीर्ति अनलाइनसँगको भिडियो कुराकानीमा बताएका छन् ।

बुधबार बिहान बाढी आएको जानकारीपछि दाइलाई सम्पर्क गर्दा फोन स्वीच अफ थियो,ु उनले भनेका छन्, ुबिहीबारै प्राधिकरण मुख्यालय गएर जानकारी गरायौं । उहाँहरुले उद्धार सुरु भइसकेको भन्दै आशा देखाउनुभएको थियो ।ु

बुधबार बिहान साढे ७ मा भाउजूसँग कुरा हुँदा ुब्रेकफास्ट गरेर अन्डरग्राउन्डमा कामका लागि जाँदै छौं, मोबाइल नलाग्न सक्छु भनेको अमिरको भनाइ छ ।

१० दिनपछि जीवितै उद्धार गरिएका उनलाई घटनास्थलमै प्राथमिक उपचार गरी हेलिकोप्टरमा काठमाडौं ल्याइएको थियो । उनको अहिले वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ ।

बाढी आउनुअघि भिडियोमा मेसिन देखाएका थिए साहले

सप्तरी तिलाठी कोईलाडीका ३० वर्षीय साह नेपाल विद्युत् प्राधिकरणका मेकानिकल फोरम्यान हुन् । उनी त्रिशूली ३ ुएु को कन्ट्रोल रुममा काम गर्छन् । घटनाका दिन अपरेसनमा सिफ्ट ड्युटीमा थिए । बाहिर निस्कने क्रममा सुरुङमा बाढी पसेपछि उनी पनि भित्रै थुनिएका थिए ।

उद्धारपछि सैनिक अधिकारीसँग उनले अरू समयमा ५र६ जना भए पनि त्यस बेला ४०र४५ जना रहेको उनले बताएका छन् । ुबचाउने क्रममा मैले सबैलाई भाग्न लगाएँ । त्यसो गर्दा मेरो समय गयो । अन्तिममा म निस्किनै पाइनँ,ु उनले भनेका छन् ।

नेपाली सेनाको स्वास्थ्य टोलीसँग कुरा गर्दै ‘महामन्त्र जप गर्दै बसेको’ बताए । उनले भने, ‘म कन्ट्रोल रुममा कार्यरत थिएँ, मेरो दायित्व सबैको ज्यान बचाउनु थियो ।’ सबैलाई भाग्न लगाउँदा आफ्नो समय अन्तिममा आएको र निस्किनै नपाएको उनले बताएका छन् । अरू केही सुरुङभित्र आफू नजिकै भएको उनको भनाइ छ ।