मलंगवा ,कार्तिक,२१ जिल्ला प्रशासन कार्यालय बाराले दीपावली, छठ र नेपाल संवत् ११४७ लाई शान्तिपूर्ण रूपमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईद्वारा जारी १० बुँदे अपिलमा पटाका तथा आतिसबाजीको प्रयोग, जुवातास, सट्टेबाजी र मादक पदार्थ सेवन गरी होहल्ला गर्न निषेध गरिएको छ।

प्रशासनले चाडपर्वका बेला कालोबजारी, कृत्रिम मूल्यवृद्धि र सार्वजनिक यातायातमा बढी भाडा असुल्नेलगायत गतिविधि नगर्न चेतावनी दिएको छ। नियम उल्लंघन गरे कानुनअनुसार कारबाही हुने जनाएको छ।