रन्धिर साह । रौतहटको कर्कचमा राम धुन यज्ञ हुने भएको छ । स्थानीयहरुको सहकार्य र सहयोगमा गत वर्ष झै यो वर्ष पनि राम धुन यज्ञ माघको ९ गते अर्थात २२ जनवरीको दिन कलश यात्रा, राम सीता विवाह लगायत विभिन्न संस्कृतिक कार्यक्रमसहित राम धुन यज्ञ हुने राम धुन यज्ञ समितिको अध्यक्ष राजकुमार साहले बताएका छन् । उनको अनुसार आज यज्ञ ९पुजा० को दिन तय भएसंगै सुरुवाती चरण पूरा भएको बताएका हुन् । सो यज्ञको पुजामा मुक्तिनारायण साह र उनकी श्रीमतीद्वारा पुजा गराइने जनाइएको हो । यस्तै सोही दिन साझमा एक घर एक दिप प्रज्वलन गरि राम मय मनाउन दिपावली मनाइने जनाइएको छ ।

मिति तय कार्यक्रममा वडा अध्यक्ष विष्णु दास, पुर्व वडा अध्यक्ष अनिलकुमार झा, वडा अध्यक्ष प्रत्यासी पवन ठाकुर, कार्यपालिका सदस्य जयराम साह, गम्भिरा साह, श्यामबाबु यादव,रन्जित पासवान, अरुण महतो, सन्जय पासवान तथा भाग्यनारायण झा लगायत स्थानीयहरुको उपस्थितिमा मिति तय भएका छन् ।