ईश्वरपुर नगरपालिकामा ८ कोठे विद्यालय भवन निर्माण कार्य सुरु भएको छ। ईश्वरपुर-बेला माविको भवन निर्माणका नेपाल सरकारवाट प्रत कुल १ करोड २० लाख र नगरको ७० लाख नगर र वडाले बजेट ब्यवाथापन गरेको नगर उप प्रमुख रन्जिताले जानकारी दिनुभयो । ठेक्का रकममा यम डि इस्लाम कन्स्ट्रक्सन, गौर, रौतहटले भवन निर्माणको जिम्मा पाएको छ। यस विद्यालय भवन निर्माणको लागि गत २०८१ पौष २८ गते निर्माण कार्य सुरु भएको थियो र आगामी २०८२ कात्तिक १५ गते निर्माण कार्य सम्पन्न हुने लक्ष्य राखिएको छ। नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिनु भयो । कायक्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष गणेश चौधरी, संघिय संसद चन्दा चौधरी,इश्वर पुर नगर प्रमुख मनोज आचार्य, नगर उप प्रमुख रञ्जिता चौधरी, लगायतको उपस्थितिमा सिलन्यस कायक्रम संपन गरिएको छ । स्थानीय विद्यालयलाई थप सुविधासम्पन्न बनाउँदै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यसहित यो भवन निर्माण कार्य अघि बढाइएको छ।