सर्लाही जिल्लाको सीता प्यालेस होटेलमा प्रशिक्षण पुनरावलोकन सत्र सम्पन्न भएको छ, जसमा धार्मिक अगुवाहरू र साझेदार संस्थाका (PNGO) कर्मचारीहरूलाई सबल विश्वदृष्टिकोणको महत्व र यसको कार्यान्वयनमा जोड दिइएको छ।
यस प्रशिक्षण कार्यक्रममा सहभागीहरूले सबल विश्वदृष्टिकोणलाई आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउन र विभिन्न चुनौतीहरूलाई सामाना गर्नका लागि कसरी प्रयोग गर्ने भन्ने बारेमा जानकारी प्राप्त गरे। प्रशिक्षकहरूले धार्मिक र समुदायका अगुवाहरूहरूलाई आपसी सहकार्य र समग्र सशक्तिकरणका लागि प्रभावकारी दृष्टिकोण अपनाउनका लागि प्रेरित गरे।


प्रशिक्षणमा सबै सहभागीहरूले परिचय, दृस्ती, दायाँ/करुणा, सम्बन्ध र आस्था अनुसार काम प्रती बिश्वास धार्मिक अवधारणामा रहि सकारात्मक दृष्टिकोण र संघर्ष समाधानका विधिहरूको बारेमा नयाँ दृष्टिकोण प्राप्त गरेका छन्, जसले उनीहरूको कार्यक्षमता र समाजमा सकारात्मक प्रभाव पार्ने विश्वासको साथ काम गर्न मद्दत गर्ने अपेक्षाका साथ सम्पन्न भएको छ।
यस प्रकारका प्रशिक्षणले समुदायमा स्थिरता र विकासको नयाँ मार्ग प्रकट गर्ने र साथै अपेक्षामा रहेका सबैका लागि थप उत्प्रेरणा दिनेछ।