जिल्ला प्रहरी कार्यालय रौतहटले कागजात नभएका १२ वटा मोटरसाइकलाई गौर भन्सार कार्यालय रौतहटमा पठाएको छ ।  यही फागुन १ गतेबाट  खटिएको प्रहरी टोलीले विभिन्न स्थानहरूमा सवारीसाधनहरूलाई चेकजाँच गर्ने क्रममा कागजातहरू नभएको मोटरसाइकलहरू नियन्त्रणमा लिई  कार्यालयमा राखेको थियो ।करिब  नौ लाख ६० हजारबराबरको १२ वटा मोटरसाइकल आवश्यक कारबाहीका लागि मंगलबार गौर भन्सार कार्यालय रौतहटमा पठाएकाे प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।