Search

Mero San TV
  • समाचार
  • राजनीति
  • समाज
  • विचार
  • अर्थ/वाणिज
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • धर्म सांस्कृति
  • विज्ञान/प्रविधि
Select theme:
सर्लाहीमा नयाँ प्रजिअ सुवेदीद्वारा पारदर्शिता र जवाफदेहितामा जोड
मलङ्गवामा ४९० अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न
सर्लाहीमा ईभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु
यो साता देशका यी प्रदेशमा हुनेछ भारी वर्षा
संसदीय समितिमा अर्थमन्त्रीको बचाउमा उत्रिए गणेश पराजुली र खगेन्द्र सुनार
२५ वर्ष कैद सजाय पाएका सहित फरार तीन प्रतिवादी सर्लाही प्रहरीको फन्दामा
  • होमपेज
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ/वाणिज
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अन्तराष्ट्रीय
  • मनोरञ्जन
  • खेलकुद
  • शिक्षा
  • स्वास्थ्य
  • थप
    • धर्म सांस्कृति
    • विज्ञान/प्रविधि
Live
Mero San TV
Mero San TV
Live

पूर्वाधार विकास महोत्तरीमा ताला ! कार्यालय प्रमुख कर्णको सरुवा माग


Mero San TV

Mero San TV

March 6, 2025 at 11:18 am


मधेश प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यालय महोत्तरीमा बुधवार वडा अध्यक्षहरुले ताला लगाएका छन् ।मधेश प्रदेश सरकारले रातो किताबमा उल्लेख गरेका योजनाहरु विभिन्न दलालमार्फत दबाब सहित वडा कार्यालयमा जाने गरेको आरोप वडाध्यक्षहरुले लगाएका छन् । वडाका उपभोक्ताहरुको भेला गरी प्रक्रियागत रुपमा पदाधिकारी चयन गर्दा वडा कार्यालयको प्रतिनिधि अनिवार्य उपस्थित हुनुपर्नेमा आफू खुशी अध्यक्ष, कोषाध्यक्षलगायतका पदाधिकारी चयन गरी सिफारिसका लागि दबाब दिने गरिएको उनीहरुको दुखेसो छ ।वडा अध्यक्षहरुले उपभोक्ता समितिबाट नभइ प्रतिस्पर्धात्मक प्रक्रियाबाट विकास निर्माणको काम गर्ने सरकारले व्यक्त गरेको प्रतिवद्धताको कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन सम्बन्धी मार्गदर्शनको १४ नम्बर बुँदामा खुल्ला एवं प्रतिस्पर्धी खरिद विधि अनुसार गर्न प्रष्ट उल्लेख रहेको वडा अध्यक्षहरुद्वारा जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ ।प्रदेश सरकारले भदाँै महिना भित्र खरिद योजना स्वीकृत, असोज महिना भित्र बोलपत्र (टेण्डर) आह्वान गर्ने प्रष्ट प्रावधान लत्याउँदै कमिसनका लागि उपभोक्तामार्फत काम गराउन लागेको आरोप वडाध्यक्षहरुले लगाएका छन् । ‘भौतिक पूर्वाधार विकास मन्त्रालय मधेश प्रदेशले १० प्रतिशत कमिसन लिइ उपभोक्ता समितिमार्फत कार्य गर्न उद्यत रहेको छ’ विज्ञप्तिमा अगाडि भनिएको छ, पूर्वाधार विकास कार्यालय महोत्तरीका प्रमुख राजेश लाल कर्णको हस्ताक्षर रहेको पत्र दलाल÷विचौलियामार्फत वडा कार्यालयमा पठाइँदैछ ।अवैधानिक कार्य रोक्न जिल्ला प्रशासन कार्यालय महोत्तरी, पूर्वाधार कार्यालय महोत्तरी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय महोत्तरीलगायतमा पटक/पटक लिखित तथा मौखिक जानकारी गराउँदा पनि काम नरोकिएको वडाध्यक्षहरुको कथन छ । पूर्वाधार विकास कार्यालय जलेश्वरले योजनाको नाम किटान गरी सोझै वडा कार्यालयमा पत्र पठाउन उनीहरुको माग छ ।‘कमिसनको चलखेल र विचौलियाको अनैतिक कार्यलाई निरन्तरता दिने पूर्वाधार कार्यालय प्रमुख कर्णलाई आवश्यक कारबाही गरी सरुवा नगरुञ्जेलसम्म तालाबन्दी गर्न बाध्य भएका छौ’ संयुक्त विज्ञप्तिमा भनिएको छ । वडा अध्यक्षहरुले संयुक्त रुपमा गत आइतवार महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई ज्ञापन बुझाएका थिए ।माग सम्बोधन नभए बुधबार पूर्वाधार विकास कार्यालयमा तालाबन्दी गर्ने चेतावनी दिए अनुसार नै ताला लगाइएको छ । पूर्वाधार विकास कार्यालय महोत्तरीमा ४ सय २१ वटा योजना रहेकोमा आइतबारसम्म १ सय ५६ वटाको सम्झौता भएको कार्यालय प्रमुख कर्णले बताएका हुन् । टेण्डर प्रक्रियामा २७ वटा योजना मात्र गएको छ । सम्झौता हुन बाँकी रहेका कार्यदेशहरु सबै बितरण भइसकेको कर्णले जनाएका छन् । तर वडा कार्यालयमा पत्र लिएर विचौलिया र दलालहरु पुग्ने गरेको वडाध्यक्षहरुको कथन छ । प्रमुख कर्णले हस्ताक्षर गरेको सबै योजना भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवको निवासमा राखिएको छ ।मदन नामका व्यक्तिले योजनाहरु वापतको कमिसन बुझेर कार्यादेश दिने गरेको बताइन्छ । बजेट बन्दाको बखत योजना राखेकाहरुलाई जानकारी बिना नै कार्यादेश अन्य व्यक्तिले लिने गरेको बताइन्छ । कमिसनमा योजना बिक्री गरेको आरोप लागेपछि मधेश प्रदेश सरकारको अर्थ मन्त्रालयले मन्त्री यादवविरुद्ध एक्सन लिएको बताइन्छ । मुख्यमन्त्री सतीशकुमार सिंहलाई समेत अर्थमन्त्रीले भौतिक पूर्वाधार विकास मन्त्रीको क्रियाकलापलाई सुधार गर्न लगाउन ध्यानाकर्षण गराएको स्रोतले जनाएका छन् ।नेपाली काँग्रेसका मन्त्रीहरुले भौतिक मन्त्रीको कारण मधेश प्रदेशमा गठबन्धन समेत धरापमा परेको बताउने गरेका छन् । कांग्रेसका सांसद र मन्त्रीको योजना समेत भौतिक पूर्वाधार मन्त्री यादवले बेचेको आरोप लगाएका छन् । भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादवको कारण चौतर्फी आलोचना हुन थालेपछि नेकपा एमाले मधेश प्रदेश संसदीय दलको बुधबारको बैठकमा उनलाई सचेत गराइएको छ ।मन्त्रालयको सम्पूर्ण फाइल बोकेर नै संसदीय दलको बैठकमा पुगेका मन्त्री यादवलाई विज्ञापनमा समेत कमिसन लिएर प्रदेश बाहिर दिने गरेको भन्दै सांसदहरुले आलोचना गरे । साढे २ करोड रुपैयाँ हाराहारीको बजेटबाट मधेश प्रदेशका सञ्चारमाध्यमहरुलाई पूर्णरुपमा उपेक्षा गरेको उनीहरुले बताए

प्रतिक्रिया !

सम्बन्धित खबर

सर्लाहीमा नयाँ प्रजिअ सुवेदीद्वारा पारदर्शिता र जवाफदेहितामा जोड

मलङ्गवामा ४९० अतिविपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न

सर्लाहीमा ईभी हाईसको ठक्करबाट एक महिलाको मृत्यु

यो साता देशका यी प्रदेशमा हुनेछ भारी वर्षा

संसदीय समितिमा अर्थमन्त्रीको बचाउमा उत्रिए गणेश पराजुली र खगेन्द्र सुनार

२५ वर्ष कैद सजाय पाएका सहित फरार तीन प्रतिवादी सर्लाही प्रहरीको फन्दामा

रौतहटमा ९० लाख बढीको फर्सीको बिउ बरामद, प्रहरी टोली र स्थानीयबीच झडप

तराई-मधेश फाष्टट्रयाकको गाडी दुर्घटना, इन्जिनियरसहित २ जनाको मृत्यु

चक्रघट्टा गाउँपालिकामा स्थानीय आपतकालीन कार्यसञ्चालन केन्द्र स्थापना


हाम्रो बारेमा

सान ग्रुप प्रा.लि. द्वारा संचालित
www.merosantv.com
ठेगाना: मंलगवा-८, सर्लाही
सम्पर्क नं.: 9844074851 / 9844255582                      इमेल: [email protected]


हाम्रो टीम

अध्यक्ष/संचालक: सारिका झा
सम्पदाक: अनिश झा
सह-सम्पादक/व्यवस्थापक: राजिव साह                           सम्पर्क नं.:9844255582
समाचार संयोजक:
न्यूजडेस्क:


दर्ता विवरण

सूचना विभाग दर्ता नं. : ४४८६/२०८०/२०८१
प्रेस काउन्सिल नेपाल : ४५८५/२०८०/२०८१
कम्पनी रजिष्टार दर्ता नं.:३२९४५२/०८०/०८१
राजस्व विभाग दर्ता नं. : ६१९८६९४०९
बिज्ञापन बोर्ड दर्ता नं.:



  • Privacy notice
  • Terms of condition

MeroSanTV ©2024, All rights reserved.

Design By: PROTECH NEPAL