सर्लाहीको हरिवन नगरपालिकालाई आज सडक मानवमुक्त पालिका घोषणा गरिँदै छ ।हरिवन ११ स्थित सुर्तिविका खेल मैदानमा मानवसेवा आश्रमको भवन निर्माणमा लागि सहयोग जुटाउन लागिएको श्रीमद् भागवत सप्ताहज्ञान महायज्ञकै समारोहमा हरिवनलाई सडक मानवमुक्त पालिका घोषणा गर्न लागिएको हो ।मेयर रमेश बुढाथोकी कमलले कार्यक्रमको तयारी पूरा भएको उनले मधेश प्रदेशकै पहिलो पालिका हरिवन सडक मानवमुक्त बन्ने दावी समेत गरे ।